काठमाडौंको बानेश्वरमा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ ।>
आज बिहान कात्यानीचोकमा बा.प्र.०१-०३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा भारतको सितामढी घर भई कात्यानीचोकमा डेरा गरी बस्दै आएका ३ वर्षीय बालक शिवांस झाको मृत्यु भएको हो ।>
प्रहरीले गाडी र चालक काठमाडौं-३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठलाई पत्राउ गरेको छ ।>
>>