नेकपा (माओवादी केन्द्र)ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।>
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन मोदीको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने तयारी भएको उनले बताए। >
मोदी गत माघ ३ गते मन्त्री बनेका थिए। मोरङ क्षेत्र नम्बर ४ बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बनेका थिए।
>
>
>
>
>>