‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

Jasus Khabar 3958+ समाचार ( )
२६ वैशाख २०८२

 नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ। ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ। नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असार मसान्तसम्म लागू हुनेछ। 

यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन। क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफूलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन्। 

ग्राहकले नबिल बैंकको शाखामा गइ यसबारे थप जानकारी लिन तथा लाइफटाइम फ्रि क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्। साथै https://nbankhome.nabilbank.com/digital-form/credit-card मा गइ अनलाइनमार्फत पनि आवेदन पनि दिन सक्ने जनाइएको छ। 

प्रतिक्रिया