खाँडाचक्र नगरपालिका-२ थामकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालगन्जबाट खाद्य, खुद्रा, ग्याँस तथा सिमेन्ट बोकेर आएको भे १ ख ४३२६ नम्बरको मालवाहक ट्रक बुधवार राति ८:३० बजे दुर्घटना भएको हो।>
मान्म गाउँको मेयर खोलाबाट भित्र थामकोट जाने क्रममा सडक भासिएर भएको दुर्घटनामा दैलेख घर भएका चालक मानबहादुर सारु मगरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएकाे छ।>
नेपालगन्जबाट खाँडाचक्र-२ का टक्क पाण्डेको खाद्य खुद्रा तथा सिमेन्ट र आफ्नो ग्यास बोकेर आएको ट्रक सामान धनीको घर पुग्ने बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताए।>
>
उनका अनुसार ट्रक शुभकालिका-४ चौलागाईवाडाका भीमप्रसाद चौलागाईको हो। दुर्घटना स्थल कर्णाली राजमार्गबाट थामकोट गाउँ एक किमीको दूरीमा पर्छ।>>