सम्पत्ति शुद्धीकरण मुद्दामा युनुस अन्सारीको थुनछेक बहस हुँदै

Jasus Khabar 3945+ समाचार ( )
२३ आषाढ २०८२

नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका युनुस अन्सारीको थुनछेक बहस हुँदैछ। नक्कली नोट प्रकरणमा पक्राउ परेर छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को कसुरमा पक्राउ परेका युनुस अन्सारीको हिजो बयान सकिएको थियो।

जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भएपनि थुनछेक बहसका लागि समय नपुगेपछि पुनः हिरासतमा फिर्ता पठाइएको थियो।

आज हुने थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश आउने जनाइएको छ। अन्सारीविरुद्ध स्रोत खुल्न नसकेको ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ।



प्रतिक्रिया