एक तोला सुनको मूल्य दुई लाख नजिक

Jasus Khabar 3959+ समाचार ( )
९ वैशाख २०८२

काठमाडौं :  आज नेपाली बजारमा सुनको मूल्य तोलाकै लगभग ७ हजारले बढ्को छ। मंगलबार एक सुनको मूल्य बढेर तोलाको एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

आज एक तोलामा छ हजार ९००ले  सुनको भाउ बढेको हो।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी तोलामा १० रुपैयाँले  बढेको छ। आज चाँदीको मूल्य प्रतितोला  एक हजार ९७० कायम भएको छ।

सोमबार स्थानीय बजारमा सुन प्रतितोला एक लाख ९१ हजारमा कारोबार भएको थियो। त्यस्तै चाँदी सोमबार प्रतितोला ९६० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा  कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेकोले  त्यसको असर स्थानीय बजारमा पनि परेको जनाइएको छ। 

प्रतिक्रिया