पानीमा नशालु पदार्थ मिलाएर किशोरीलाई पटक-पटक करणी, बच्चा भएपछि खुल्यो रहस्य, एक पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
१३ चैत्र २०८१

वीरँगजमा नशालु पदार्थ खुवाएर एक किशोरीलाई पटक पटक करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । 

किशोरीमाथि पटक–पटक नशालु पदार्थ खुवाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा वीरगंज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर घर भई वडा नम्बर १३ मुर्लीमा बस्दै आएका शेख अब्दुल मतिनका छोरा शेख महमद अनवरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।


उजुरीअनुसार आरोपीले किशोरीलाई विभिन्न नशालु पदार्थ मिसाइएको पानी खुवाएर मानसिक रुपमा कमजोर बनाएर पटक–पटक बलात्कार गरेका थिए ।


पीडित किशोरीको मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि भएको छ । किशोरीले लामो समयदेखि नशालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकि छन् । घटना बाहिरिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरी अनवरलाइ पक्राउ गरेरेको हो ।


प्रहरीले पीडित किशोरीलाई तत्काल संरक्षणमा राख्दै उनको स्वास्थ्य परीक्षणपछि आवश्यक कानूनी तथा मानसिक परामर्श प्रदान गरिरहेको जनाएको छ ।


पर्सा प्रहरीले आरोपी विरुद्ध जबरजस्ती करणीको मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जनाइएको छ ।

प्रतिक्रिया