भारतमा ४.४ म्याग्निच्युडको भूकम्प

Jasus Khabar 3945+ समाचार ( )
२६ आषाढ २०८२

 बिहीबार बिहान भारतको दिल्ली–एनसीआरमा भूकम्पको झट्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.४ रहेको जनाएको छ। दिल्ली–एनसीआरमा करिब ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो।

भूकम्पबाट अहिलेसम्म कुनै क्षति नभएको दिल्ली प्रहरीले जनाएको छ।  

एनसीएसले भनेको छ,‘भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जरमा थियो। यसको गहिराई जमिनभन्दा करिब दश किलोमिटर तल थियो।’

मेट्रोका यात्रु अरशदले एएनआईसँग कुरा गर्दै भने,‘भूकम्पका कारण दिल्ली मेट्रो सेवा बन्द गरिएको थियो तर हामीले भूकम्प महसुस गरेनौँ।

दिल्ली–एनसीआर भूकम्पीय जोखिम क्षेत्र मानिन्छ ।

प्रतिक्रिया