क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

Jasus Khabar 1+ समाचार ( )
२६ पौष २०८०

बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान) ले निलम्बन गरेको छ ।

काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा बुधबार ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले बिहीबार लामिछानेलाई  निलम्बन गरेको हो ।अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्‍याएको हुँदा निलम्बन गरिएको बताएका छन् ।

लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।सन्दीयपले आजमात्र क्यानलाई पत्र लेख्दै टिमबाट अलग हुने स्वघोषणा गरेका थिए ।



प्रतिक्रिया