कोरियन भाषा परीक्षा २०८१ पुस २ गतेसम्म

Jasus Khabar 1+ समाचार ( )
८ फाल्गुन २०८०

ईपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आउँदो २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको परीक्षामा ४७ हजार ५१९ जना सहभागी हुनेछन् ।

उक्त परीक्षा आउँदो चैत २४ गते सकिने ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । उनका अनुसार, दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइनेछ । उक्त परीक्षा आउँदो २०८१ वैशाख ३१ देखि साउन १६ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी, तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ परीक्षार्थी सहभागी हुनेछन् । उक्त परीक्षा २०८१ कात्तिक २६ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षामा चिट, कपी गरेको तथा अरू अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका निम्ति परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ ।

प्रतिक्रिया