पत्रकार अन्सारीद्वारा ईद-उल फित्र ईद पर्वको शुभकामना

Jasus Khabar 3945+ समाचार ( )
१८ चैत्र २०८१

इनरुवा । पत्रकार तथा समाजसेवी समेत रहनु भएका अजमल अन्सारीले ईस्लाम धर्मावलम्बीहरु लगायत सम्पुर्ण नेपालीमा ईद-उल फित्र ईद पर्वको बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।


वहाँले रमजान रोजा अर्थात् ईद-उल फित्र ईद पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्वी लगायत समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा पर्वको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् ।


पत्रकार अन्सारीले सामाजिक संजालमा शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामनामा वहाँले "रमजान महिनाभरिमा इस्लाम धर्मावलम्बीहरू सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने गर्दछन् ।


रमदान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भाव जस्ता पवित्रताका अभ्यासहरूको संयोजन पनि हो । रमदानमा महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्ने समेत गरिन्छ । यस पर्वले मानिसलाई सत्मार्गमा डोर्याउन, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको छ ।


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएकाले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता प्रवर्धन गर्दै राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुयाउँदै आएका छन्।


यस पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी तथा सामाजिक सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।" लेखेका छन् ।

प्रतिक्रिया