काठमाडौंसहित पाँच जिल्लामा नदीको बहाव उल्लेख्य बढ्ने

Jasus Khabar 3925+ समाचार ( )
१२ आषाढ २०८२

 जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मकवानपुर, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र आसपासका जिल्लाहरुमा नदीको बहाव उल्लेख्य बढ्ने बताएको छ । महाशाखाले ती जिल्लाको नदी आसपासको क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

‘आज मकवानपुर, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भइ बहने केही स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ,’– सूचनामा भनिएको छ ।

महाशाखाले कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको छ ।

साथै महाशाखाले झापा, इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सिन्धुली, बारा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्यागदी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको बताएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार