राजकताको पराकाष्ट सरकार आफैँ भएको टिप्पणी : ज्ञानेन्द्र शाही

Jasus Khabar 1+ समाचार ( )
२१ भाद्र २०८०

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अराजकताको पराकाष्ट सरकार आफैँ भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अराजकतालाई आफैँ प्रश्रय दिइरहेको बताएका हुन् । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजस्तो मान्छे सडकमा आन्दोलन गर्छौं । मान्छे उर्ताछौं भनेर भाषण गर्नुहुन्छ त्यही भएर प्रधानमन्त्रीलाई यहाँबाट जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले यस्ता अराजक कुरा गर्न पाइँदैन ।’

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा प्रचण्डले भ्रष्टाचारविरुद्धको काम गर्दै जाँदा हटाउन खोजे सडकमा लाखौं जनता उतार्ने विवादित अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार