सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै

Jasus Khabar 1+ समाचार ( )
११ जेठ २०८१

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सिरोहियालाई पुनः म्याद थपको लागि जिल्ला अदालत धनुषामा पेश गर्न लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको म्याद आज सकिँदैछ ।

नागरिकतासम्बन्धि कसुरमा प्रहरीले गत मंगलबार सिराहियालाई काठमाडौंबाट पक्राउ गरी बुधबार विहान धनुषा ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार