युक्रेन रूस युद्ध अन्त्य गर्न साउदीमा शिखर सम्मेलन सुरू

Jasus Khabar 1+ समाचार ( )
२० श्रावण २०८०


युक्रेनमा रुसी आक्रमण कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न साउदी अरेबियामा शिखर सम्मेलन सुरू भएको छ ।

साउदी अरबको जेद्दामा आयोजित यस सम्मेलनमा ४० देशका प्रतिनिधि सहभागी रहेको बताइएको छ । रूस वाहेकका मुलुकका प्रतिनिधि सम्मिलित उक्त बैठकले रूसको आक्रमण कसरी अन्त्य गर्ने भन्नेबारे मस्यौदा तयार पार्नेछन् ।

शनिबारबाट सुरु भएको सम्मेलनमा रूस युक्रेन युद्धका कारण खाद्यान्न, इन्धन लगायतमा प्रभावित विकासोन्मुख देशका प्रतिनिधि पनि सहभागी छन् । यो सम्मेलनले यसै वर्ष विश्वका नेताहरूको ‘शान्ति शिखर सम्मेलन’ गर्ने सिद्धान्तलाई समर्थन गर्ने अपेक्षा गरिएको छ । सो किभको १० बुँदे सूत्रमा आधारित हुनुपर्ने युक्रेनको धारणा छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार