सुनको मूल्य फेरि बढयो,तोलाको कति पुग्यो ?

Jasus Khabar 3945+ समाचार ( )
१ आषाढ २०८२

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। आज तोलामा ४ सय रुपैयाँ बढेको हो। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ४ सय रुपैयाँ बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० कायम भएको छ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको थियो। महासंघका अनुसार आज एक तोला चाँदी २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रतिक्रिया