ललितपुरको टीकाथलीमा सडक र घरबीचको गहिरो खोँचमा खसेका एक जनाको उद्धार गरिएको छ । >
आइतबार राति ११ बजे महालक्ष्मी नगरपालिका–३ टीकाथलीमा सडकमा हिँडिरहेका बेला ४३ वर्षका रामेश्वर बोगटी घर र सडकबीचको करिब एक फिटमात्र फराकिलो र १० फिट गहिरो खोँचमा खसेका थिए । सूचना पाएपछि पुगेको प्रहरी चौकी टीकाथली, प्रहरी प्रभाग इमाडोल र जिल्ला प्रहरी परिसर जाउलाखेलको टोलीले बोगटीको सकुशल उद्धार गरेको हो । >
उद्धार गरेर उनलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।>
>>