बढ्यो गर्मी, तराई मधेशमा लू चल्ने सम्भावना

Jasus Khabar 1+ समाचार ( )
३ जेठ २०८१

आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविद्को पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताए । अहिले स्थानीय वायु र पश्चिमी वायुको मात्र आंशिक प्रभाव छ । त्यसको प्रभावले कोशी प्रदेशका थोरै स्थानमा र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ । तर तराई मधेशका जिल्लामा तत्काल पानी पर्ने सम्भावना देखिंदैन । त्यसैले गर्मी बढ्ने पूर्वानुमान मौसमविद्ले गरेका हुन् ।

धनगढी, नेपालगञ्ज, जनकपुर लगायत तराई मधेशका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्यस आसपाससम्म पुगेको छ । आगामी चार दिनसम्म देशैभर गर्मी बढ्ने र तराई मधेशका जिल्लामा तातो हावाको लहर अर्थात् लू चल्न सक्ने सम्भावना  छ  ।

प्रतिक्रिया