इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ ।>
मध्यहर्षाहीस्थित देवानगञ्ज गाउँपालिका–१ की ५५ वर्षीया कल्सी मेहताको मंगलवार बेलुका सर्पको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।>
>
साँझमा आफ्नै बारीमा घाँस काट्ने क्रममा विषालु सर्पले टोकेपछि बिरामी परेकी मेहतालाई तत्काल उपचारका लागि लैजाने प्रयास गरिएको थियो । तर बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।>
>
मृतकको शव राति करिब ११ बजे अस्पतालमा ल्याइएको थियो भने १ बजे सर्पदंशकै कारण मृत्यु भएको र कागजी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा दिइएको प्रहरी स्रोतले जनाएको छ ।>
>