२ हजार बढ्यो सुन , आज १ लाख ३६ हजार ५ सयमा कारोबार

Jasus Khabar 1+ समाचार ( )
२० वैशाख २०८१

बुधबार तोलामा २७ सय घटेको सुन बिहीबार भने २ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आज बिहीबार १ लाख ३६ हजार ५ सय पुगेको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया