माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

Jasus Khabar 1+ समाचार ( )
१२ पौष २०८०

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई यही १६ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो ।

नियुक्त निर्वाचन अधिकृतले १६ गतेभित्र सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने बताए ।

प्रतिक्रिया