भोक्राहा नरसिंह रामजानकी मन्दिरमा मुर्ति पुजन तथा रामचरित्र मानस महायज्ञ प्रवचनकाे अवसरमा कलस यात्रा

Griha Sewa 46+ समाचार ( )
१६ फाल्गुन २०८१

 सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिका ३ शिवगञ्जमा रामजानकी मन्दिरमा मुर्ति पुजन तथा रामचरित्र मानस महायज्ञ प्रवचनकाे अवसरमा कलस यात्रा निकालिएको छ । एक हजार एक सय एक कन्या तथा महिलाहरुकाे सहभागीतामा रामजानकी मन्दिरबाट सुरु भई बराहक्षेत्र नगरपालिका ८ राजबास स्थित काेशी नदिबाट जल लिएर पुनः  रामजानकी मन्दिरसम्म  कलस यात्रा निकालिएको हो । महिला सहित सयौंको संख्यामा पुरुषले समेत  शुक्रबार कलश यात्रामा सहभागीता जनाएको मन्दिर समितिका सचिव झबरलाल यादवले जानकारी दिनुभयो । मन्दिरदेखि सप्तकाेशी नदिकाे राजाबाससम्म १६ किलोमिटर दुरीमा कलस यात्रा  गरेको यादवले बताउनुभयो । काेशी प्रदेशको पहिलोपटक धेरै लामाे दुरीकाे कलस यात्रा भएको रामजानकी मन्दिरका संस्थापक तथा पूर्व भाेक्राहा नर्सिङ गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । मन्दिरमा मुर्ति पुजन तथा रामचरित्र मानस महायज्ञ प्रवचनकाे अवसरमा पुर्व याेजना अनुसार ऐतिहासिक र नाैलाै अभ्यास सहित लामो दुरीकाे कलस यात्रा निकालिएको यादवले बताउनुभयो । धार्मिक कार्यक्रममा युवालाई आक्रषित गर्ने र नैतिक चरित्र सिकाउने तथा कुलत र दुर्वयसनबाट मुक्त गर्ने उदेश्यका साथ  रामचरित्र मानस महायज्ञ प्रवचनकाे आयोजना गरेको  भाेक्राहा नर्सिङ गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँवले बताउनुभयो । कलस यात्रामा उपाध्यक्ष सुनिता उराँव सहित यादव समुदायको राजा चाैरासी गुरुदेव यादव, स्थानीय तहका वडा अध्यक्ष धिरेन्द्र कुमार यादव , पुर्व वडा अध्यक्ष सुकदेव यादव सहितको सहभागीता रहेको थियो । 

कलस यात्रा सकिएसंगै शनिबार मण्डप एवं नव निर्मित मन्दिर पुजन तथा रामचरित्र मानस महायज्ञ प्रवचन प्रारम्भ हुने जनाएको छ । रामजानकी मन्दिर समिति भोक्राहा नरसिंह-३, शिवगंज (फुलचौक) सुनसरीले दिएको जानकारी शुक्रबार देखि अगामि चैत्र ३ गते सम्म रामचरित्र मानस महायज्ञ एवं धार्मिक ज्ञान महायज्ञकाे विभिन्न कार्यक्रम रहेको छ ।

प्रतिक्रिया