धरान : सुनसरीको धरान उपमहानगरपालिका १९ खिमदिङमा मादक पदार्थ सेवनपछि विवाद हुँदा खुकुरी प्रहार गरी एक व्यक्ति घाइते भएका छन्। घटनामा संलग्न बुबा छोरा पक्राउ परेका छन्।>
शनिबार राति करिब ८ बजे स्थानीय ४३ वर्षीय मिलन थापा मगरमाथि सोही ठाउँका ५९ वर्षीय हिरालाल विश्वकर्मा र उनका २५ वर्षीय छोरा हस्त बहादुर विश्वकर्माले मदिरा सेवनपछि विवाद गरी खुकुरी प्रहार गरेका थिए।>
खुकुरी प्रहारबाट थापा मगरको बायाँ गाला र टाउकोमा चोट लागेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय (इप्रका) धरानबाट प्रहरी निरीक्षक निलम चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।>
प्रहरीले घाइतेलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरानमा उपचारका लागि पठाएको छ। हाल घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।>
>
यस घटनामा संलग्न हिरालाल विश्वकर्मा र उनका छोरा हस्त बहादुर विश्वकर्मालाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।>>