जंगली हात्तीको आक्रमणबाट घाइते भएका झापा मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ ।>
चार दिनअघि असार २ गते बिहान हात्तीको आक्रमणबाट घाइते भएका मेचीनगर १ दुर्जन चोक बस्ने ६८ वर्षीय श्रेष्ठलाई आफ्नै बारीमा एउटा जंगली हात्तीले लखेटेर आक्रमण गरेको थियो ।>
>
घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याइएकोमा उपचार संभव नभएपछि परिवारले हिजो साँझ अस्पतालबाट घर लिएर गएका थिए ।>
बिहीबार बेलुका ८.२० बजे घरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए ।>
झापामा हात्तीको आक्रमणबाट लगातार जनधनको क्षति हुँदै आएको छ । बुधवार साँझ मात्र हात्तीको आक्रमणबाट भद्रपुर वडा न. १० फुलबारी गाउँ बस्ने २१ वर्षीय बिशाल सोरेन घाइते भएका छन् ।>
योसँगै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा पाँच जनाको ज्यान गइसकेको छ ।>
>>