प्रधानमन्त्री ओली अमेरिका भ्रमण सकेर स्वदेश फर्किए

Jasus Khabar 1+ समाचार ( )
प्रधानमन्त्री
१४ अशोज २०८१

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणपछि सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। उनले ४ असोजमा संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्कका लागि यात्रा गरेका थिए।


प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। भ्रमण तालिका अनुसार, उनी आज स्वदेश फर्किएका हुन्।


हाल नेपालमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको समयमा उनले स्वदेश नफर्केको विषयमा राजनीतिक वृत्तमा आलोचना भएको छ।

प्रतिक्रिया