प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुबीच विश्वासको वातावरण बन्दै गएको विश्वास व्यक्ति गरेका छन् । चाडपर्वको अवसरमा एमालेले पार्टी मुख्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै आफूले सुरुआती चरणदेखि नै दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेको बताए ।>
उनले भने, ‘मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु। आज बिहानको मिटिङ पनि त्यही पहल हो। सकारात्मक भएको छ। अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु।’>
उनले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता सकारात्मक भएकाले शान्ति प्रक्रिया चाँडै टुंगिने वातावरण बन्दै गएको बताए।
>>