सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि गठबन्धन भत्काउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

Jasus Khabar 1+ समाचार ( )
१४ श्रावण २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि गठबन्धन भत्काउने प्रयास भइरहेको बताएका छन्। समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विरोधीहरुले गठबन्धन र समाजवादी मोर्चाका नेताहरु भ्रम छर्ने प्रयास गरेको बताए।

उनले भने, ‘हामीले भ्रष्टाचारविरोधी अभियान सुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनिसकेपछि यहाँको नेताहरुको बीचमा पनि भ्रम र आशंका सिर्जना गर्ने अनेक खालका कसरतहरु भइराखेका छन्।

तर, हामी ति सबै षड्यन्त्रहरुलाई परास्त गर्दै आफ्नो एकतालाई अझै बलियो पार्दै एकअर्काको विश्वासलाई बििलयो पार्दै अगाडि बढ्न नेतृत्वपंक्ति दृढ छ।’ उनले सरकार अहिले जनताको पक्षमा लडाइ लडिरहेकाले सबैबाट सहयोगको अपेक्षा गरेको बताए।

प्रतिक्रिया