नारायणी नदीको बिच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

Jasus Khabar 3959+ समाचार ( )
१७ जेठ २०८२

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदीको बिच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको छ।

नारायाणी नदीमा बाँध बाँधी गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बिच भागको टापुमा फसेका उनीहरूको सकुशल उद्धार गरिएको हो।

उनीहरू नदीको बिच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूलाई बोटको सहायताले उद्धार गरेको हो।

नदीको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिप्पर भने सोही ठाउँमा डुबेको छ।

प्रतिक्रिया