पछिल्लो समय फिल्डमा खटिने ट्राफिक प्रहरीले सर्वसाधारणलाई गर्ने व्यवहारलाई लिएर प्रश्न उठ्न थालेको छ ।>
खासगरी संघीय राजधानी काठमाडौंका ट्राफिक प्रहरीले सर्वसाधारणहरूलाई लात्ती र मुक्का हानिरहेका भिडियो भाइरल भइरहेका छन् । >
बिहीबार मात्रै काठमाडौंको सुन्धारास्थित पुलमुनि चारजना ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको २०८१ मंसिर २३ गतेको भिडियो भाइरल भएको थियो ।>
उक्त घटनामा मुछिएका जनसेवा वृत्तका चारजना ट्राफिक प्रहरी कारबाहीका लागि तानिएलगत्तै अर्को भिडियो पनि भाइरल भएको छ ।>
एकजना सहायक हवल्दारले मोटरसाइकल चालकलाई लखेट्दै नियन्त्रणमा लिएर लात्ती मुक्का हानेको भिडियो पनि अहिले भाइरल बनेको छ।>
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले यस दोस्रो भिडियोबारे पनि छानबिन थालिएको बताए । उनले यो भिडियो कुन ठाउँ र कहिलेको भन्ने नखुलेको बताए ।>
एसपी गिरीले यो भिडियोबारे छानबिन भइरहेको बताउँदै यसमा संलग्नलाई पनि कारबाही हुने बताए । उनले यी भिडियोका कारण प्रहरी संगठनमा अनुशासनको प्रश्न पनि उठाउने भएकाले गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए ।>>