सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-६ का वडा सदस्य उत्तम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मधेशाका खानेपानी तथा सरसफाइ कार्यालयका कर्मचारीमाथि कुटपिट गरेको आरोपमा कार्कीमाथि मुद्दा दर्ता भएपछि उनी प्रहरीको खोजी सूचीमा रहेका थिए।>
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कार्की आफैं अनुसन्धानमा सहयोग गर्ने भन्दै प्रहरी कार्यालयमा हाजिर भएका हुन्। घटनापछि फरार रहेका भनिएका कार्कीलाई प्रहरीले खोजी तीव्र पारेको थियो।>
>
केही दिनअघि मात्रै आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएका कार्कीको विभिन्न कोणबाट टिकाटिप्पणी हुँदै आएको थियो। त्यसै विषयलाई लिएर स्थानीय राजनीतिक माहोल समेत तातेको छ।>
>
स्रोतका अनुसार पक्राउ परेका कार्कीमाथि सुनसरी प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। वडामा घटेको पछिल्लो घटनालाई स्थानीयस्तरमा राजनीतिक रङ्ग दिइँदै चर्चासमेत सुरु भएको छ।>
>
यता वडावासीबीच उक्त विषयलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले कानुनी कारबाहीको पक्षमा आवाज उठाइरहेका छन् भने कतिपयले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।>
>