पर्यटकीय क्षेत्र ठमेलबाट अवैध रूपमा भित्र्याइएको सुन र नगदसहित प्रहरीले दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।>
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलमा रहेको एक होटलबाट ३४ वर्षीया सुमेई चोउ र उनका प्रेमी ४६ वर्षीय चुनलिन थानलाई पक्राउ परेको हो। उनीहरूको साथबाट प्रहरीले दुई केजी सुन र २४ लाख नगद बरामद गरिएको एसएसपी रमेश बस्नेतले जानकारी दिए। >
>
चुनलिन डेढ महिनाअघि र चोउ केही दिनअघि मात्रै काठमाडौं आएका हुन्।>>