इनरुवा । जिल्ला सहकारी संघ लिमिटेड सुनसरीको ३१औँ वार्षिक निर्वाचन साधारणसभाबाट राजेन्द्र मेहता जिल्ला उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको छ। उपाध्यक्ष पदमा मेहताको एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ।>
निर्वाचनपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित उपाध्यक्ष मेहताले भन्नुभयो,“सहकारी अभियानलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ। सबैको सहकार्य र विश्वासले मात्रै सहकारी क्षेत्रलाई मजबुत बनाउन सकिन्छ।”>
>
उहाँले सहकारी संस्थाहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै ग्रामीण तथा साना व्यवसायीलाई आत्मनिर्भर बनाउने दिशामा संघले ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।>
>
साधारणसभामा सहभागी प्रतिनिधिहरूले मेहताको निर्विरोध चयनले संघभित्र एकता र सहमतिकाे वातावरण झल्काएको भन्दै आगामी कार्यकाल सफल हुने विश्वास व्यक्त गरेका छन्।> >>