सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण सात महिनापछि थुनामुक्त भएका छन् ।
>
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको हो ।
>
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाड्ने निर्णय गरेसँगै नेता खाँण सात महिनापछि थुनामुक्त भएका हुन् । उनलाई शुक्रबार नै सम्पत्ति शुद्धीकरण विभागमा बयान लिइएको थियो । जहाँ उनलाई १५ लाख रुपैयाँ धरौटी मागिएको थियो । उक्त धरौटी बुझाएपछि खाँणलाई टंगालस्थित अख्तियार केन्द्रीय कार्यालय लगिएको थियो । अख्तियारबाट उनलाई साधारण तारेखमा राख्ने निर्णय भएसँगै थुनामुक्त भएका हुन् ।
>
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी गरेको अभियोग लागेर थुनामा रहेका उनलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी मागेको थियो । तर शुक्रबार सम्पत्ति शुद्धीकरणले उनीसँग १५ लाख मात्रै धरौटी मागेको हो । उच्च अदालत पाटनको बिहीबार आदेशअनुसार उनले ३० लाख धरौटी बुझाएपछि सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइएको थियो ।
>
सम्पत्ति शुद्धीकरणबाट निस्किएपछि खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरियो । अख्तियारले धरौटी नलिई साधारण तारेखमा मात्रै राख्ने निर्णय लिएपछि खाँण केन्द्रीय कारागार सुन्धाराबाट थुनामुक्त भएका हुन् ।
>
>
>
>
>>