आइतबार ४ सय रुपैयाँले बढ्यो सुन

Jasus Khabar 1+ समाचार ( )
१६ वैशाख २०८१

आइतबार सुन प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।

शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चैत ९ गते सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया