सुन तोलामा ३ सय घट्यो , प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम

Jasus Khabar 1+ समाचार ( )
३० श्रावण २०८१

सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको भाउ हालसम्मकै उच्च हो । चाँदीको भाउ अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७३५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया