३ सय रुपैयाँ घट्यो सुन , प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ मूल्य कायम

Jasus Khabar 1+ समाचार ( )
३१ वैशाख २०८१

सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ तोकेको छ ।

यसअघि आइतबार तोलाको १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छ । वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै चाँदीको भाउ पनि तोलाको १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७२५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

वैशाख ९ गते चाँदी प्रतितोला १ हजार ७४० रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रतिक्रिया