सुनको भाउ हालसम्मकै उच्च, एकैदिन १६ सय बढ्यो

Jasus Khabar 1+ समाचार ( )
६ जेठ २०८१

सुनको भाउले आइतबार फेरि उच्च रेकर्ड बनाएको छ । गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ४० हजार पुगेको सुन शुक्रबार ७ सय घटेको थियो ।

आइतबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेर १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली बजारमा पनि असर परिरहेको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९१० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार