सुनको भाउ तोलामा १ हजार बढ्यो

Jasus Khabar 1+ समाचार ( )
३ मंगशिर २०८१

सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ 

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै सोअनुसार समायोजन हुँदा तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेर त्यसयता न्यूनतम १ लाख ६० हजारसम्म झरेको थियो ।

चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया