सुनको भाउ १८ सय घट्यो

Jasus Khabar 1+ समाचार ( )
१० जेठ २०८१

बिहीबार सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन तोलामा १९ सय रुपैयाँ रहेको चाँदी आज १८ सय ६५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया