मोरङ व्यापार संघले यो मेला सञ्चालन गर्न मंसिर १४ गते आन्तरिक राजस्व कार्यालय विराटनगरमा ‘मोरङ व्यापार संघ एक्स्पो–२०२३’ को नाममा अस्थायी पान लिइएको देखिएको छ । तर मोरङ व्यापार संघ एक्स्पो–२०२३ सित मन्त्रालयसँग सम्झौता गर्नुपर्नेमा मोरङ व्यापार संघको नाममा गरेको पाइएको छ ।
>
यस विषयमा संघका अध्यक्ष रिजालसित सम्पर्क गर्दा सबै अपडेट भएको जिकिर गरे । आफू मेलामा व्यस्त भएका कारण धेरै कुरा जानकारी नभएकाले मेला सकिएपछि प्रशासन कार्यालय गएर बुझ्ने उनको प्रतिक्रिया थियो । “मलाई लाग्छ सबै अपडेट नै हुनुपर्ने हो । नवीकरणको प्रक्रियामा होला । केही कमीकमजोरी भएको रहेछ भने मेला सकिएपछि सिडिओ अफिस गएर बुभ्mछु,” उनले भने, “कहाँबाट कसले यस्तो हल्ला चलाएको हो मैले बुझ्न सकेको छैन ।”
>
त्यस्तै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले २०७८ सालदेखि यता संघले नवीकरण नगरेको बताए । उनले मेला आयोजना गर्नुभन्दा केही दिनअघि कागजपत्र लिएर नवीकरणका लागि आएको जानकारी दिए । “मेला सुरु हुनुभन्दा केही दिनअघि नवीकरणका लागि आउनुभएको थियो । आवश्यक कागजात पूरा नभएका कारण रोकिएको छ,” साहले भने, “सबै सामान झारिसकेका कारण मेला नरोकेको हो । अब नवीकरण गर्न आउँदा कानुनअनुसार जरिवाना तिरेर मात्रै गर्नेछौं ।”
>>