सेयर बजारको परिसूचक नेप्से दोहोरो अंक १०.४४ ले घट्यो

Jasus Khabar 1+ समाचार ( )
६ आषाढ २०८१

साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से दोहोरो अंक १०.४४ ले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २०६८ अंकमा रहेर यो साता बन्द भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अ

घिल्लो दिन ३ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ अर्ब ८७ करोडको भयो । ५२ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनानस १.८२ प्रतिशत (४२ अंक) बढ्यो भने अरु क्षेत्रगत सूचकहरु घटेका छन् । बैंकिङ ६, विकास बैंक ३४, होटल तथा पर्यटन ४९, हाइड्रोपावर १५, जीवन बीमा ८२, उत्पादन १०, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ३३, अन्य ७ र ब्यापार समूह २० अंक घटे । कालिका लघुवित्तको ७.७, बाराही हाइड्रोपावरको ६.६, गुडविल फाइनान्सको ५.४ तथा ग्रीन भेन्चरको मूल्य ५ प्रतिशत बढ्यो ।

कुथेली बुकरी स्मल हाइड्रोपावरको ९.२, भगवती हाइड्रोपावरको ५.४, ग्लोबल आईएमई लघुवित्तको ५.३, स्वाभिमान लघुवित्तको ४.७, मनकामना स्मार्ट लघुवित्तको मूल्य ४.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोािवर, पोखरा फाइनान्स र गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया