अमेरिकाको पेन्सिलभेनिया राज्यमा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। प्रहरी अधिकारीहरूले एउटा मुद्दाको अनुसन्धान गरिरहेका बेला घटना भएको बताइएको छ।>
पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरी कारबाहीमा बन्दुकधारीको समेत मृत्यु भएको बताएका छन्। घटनास्थलका तस्बिरहरूमा एक घाइते प्रहरी अधिकारीलाई मेडिकल हेलिकोप्टरले लगिएको देखिन्छ।>
गोलीकाण्डका कारण नजिकैको स्प्रिंग ग्रोभ छिमेकमा रहेको विद्यालय केही समयका लागि बन्द गरिएको छ। त्यहाँका बालबालिकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। विद्यालय प्रशासनले गोलीबारीले विद्यालयलाई कुनै असर नगरेको बताएको छ।>
अधिकारीहरूले यस आक्रमणबाट सर्वसाधारणलाई कुनै खतरा नभएको बताएका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। >
>
>>>>>