काठमाडौं- हिजो मंगलबार दुई लाख नजिक पुगेको सुनको मूल्यमा आज भारी गिरावट आएको छ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो।>
>
नयाँ रेकर्ड बनेको मंगलबार छापावाल सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो।>
यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १९ सय ६५ रुपैयाँ कायम भएको छ।>
मंगलबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ रहेको थियो।>>