विराटनगर महानगरपालिकाद्वारा विराटनगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको अनुगमन तीव्र

Jasus Khabar 1+ समाचार ( )
३० अशोज २०८०

विराटनगर÷ विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन अनुगमनलाई तीव्रता दिएको छ । 


विराटनगर मानगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले विराटनगर बजार क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरेको छ । 


अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ बरामद गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । यसअघि महानगरको टोलीले बरामद गरेको करिब ६० किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको गरिएको थियो । महानगरले गत साउन १ गतेदेखि विराटनगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएको थियो । 


प्रतिक्रिया

सम्बन्धित समाचार