बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

Jasus Khabar 1+ समाचार ( )
१८ माघ २०८०

व्यवसायी अरुण चौधरीलाई सीआइबीले पक्राउ गरेको छ ।   उनलाई बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा आज पक्राउ गरिएको सीआइबी स्रोतले बतायो  ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको सीआइबी स्रोतले जनाएको छ । चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ । २०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा, छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आधारमा चौधरी र अजितनारायण सिंह थापालगायतको मिलेमतोमा हडपेको आरोपमा पक्राउ गरिएको गृहमन्त्रालय स्रोतले बतायो ।

गृहमन्त्रीको सुशासनको अभियान अन्तर्गत राज्यको सम्पत्ति जोगाउन यो कदम चालिएको स्रोतले जनाएको छ । 

प्रतिक्रिया