पार्टी दर्ताका लागि हर्क साम्पाङले दिए निर्वाचन आयोगमा निवेदन

Jasus Khabar 3958+ समाचार ( )
१३ अशोज २०८२

 धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन्।

उनले आफ्नो पूरा नाम हर्कराज राई ‘साम्पाङ’को नाउँमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको आयोग स्रोतले जानकारी दिएको छ।

उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन्।

पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

सबै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता हुने आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया