नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्वारा सम्मानित

Jasus Khabar 3925+ समाचार ( )
१७ भाद्र २०८२

नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गरिने वाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएको छ। 

बैंकले Best Performance on Risk Management, Best Bank and Best Performance on Assets Quality विधामा उक्त सम्मान प्राप्त गरेको हो। भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए। 

यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिन्छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।


प्रतिक्रिया