काठमाडौं- नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भन्नेबितिक्कै सरकार नढल्ने जनाएको छ।>
केही दिअअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार ढल्ने दाबीको खण्डन गर्दै कांग्रेसले बूढानीलकण्ठमा बसेको बैठकबाट यस्तो जवाफ दिएको हो ।>
प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’>
कांग्रेस र एमालेबीचको गठबन्धनमा समस्या भइरहेको अवस्थामा सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका थिए ।>
प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेकोसमेत बताएका थिए।>
बैठकपछि प्रवक्ता महतले सरकारको काम अझै राम्रो गर्नुपर्ने बताए । ‘गठबन्धन दलबीच अझै समन्वय र सन्तुलन हुनुपर्छ’, उनले भने, ‘अझै सशक्त रुपमा सरकारलाई लानुपर्छ ।’>>