सुनसरीमा लागुऔषध सहित दुईजना प्रहरीको नियन्त्रणमा

Jasus Khabar 3925+ समाचार ( )
२२ फाल्गुन २०८१

सुनसरी । लागुऔषध (ब्राउन सुगर) सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा-६ स्थित इसराइल कामतबाट लागुऔषध (ब्राउन सुगर) सहित पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा भोजपुर जिल्लाको भोजपुर नगरपालिका–१२ टक्सारका बर्ष २६ का ओमकार राई र काभ्रे जिल्ला धुलिखेल नगरपालिका-९ वर्ष २७ को मुन्ना विश्वकर्मा हुन् । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट उल्टीका प्रमुख सइ इश्वर खकुरेल र नेपाल प्रहरी उल्टीका प्रमुख असइ रोशन निराैलाको संयुक्त टोलिले उनीहरुलाई चेकजाँचको क्रममा सोही स्थानबाट उनलाई नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट उल्टीका प्रमुख सइ इश्वर खकुरेलले ओमकार राईको शरीर तलासी गर्दा बेल्ट भित्र कम्मरमा लुकाई छिपाई राखेको ८५ ग्राम लागू औषध (ब्राउन सुगर ) र मुन्ना विश्वकर्माको ज्याकेट भित्रबाट नाइट्राेम्याट ट्याबलेट ६ पत्ता फेला परेको बताए । 

पक्राउ परेका राई र विश्वकर्मालाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया