जनकपुरधाम- सप्तरीमा मोटरसाइकल दर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।>
बिहीबार राति करिब १ बजेको समयमा पूर्व पश्चिम राजमार्ग स्थित सुरुङगा नगरपालिका ५ कुशहा जिनिस अस्पताल स्थित रोकिराखेको टिपरमा ठोकिएर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।>
>
सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार पूर्व पश्चिम राजमार्गमा बाटोको साईडमा रोकेर राखेको प्र २–०१–००१ क ००४५ नम्बरको टिपरमा कदमहाबाट कडरबोनातर्फ जाँदै गरेको बा ६७ प ९५७६ नम्बरको मोटरसाइकलले पछाडिबाट आफैं ठक्कर दिएको हो ।>
ठोकिएर गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान, सिरहामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।>
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।>>